बुधबार, कात्तिक ७ गते २०८१    
images
images

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
images
images
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन्।

images
images

म्याग्दी- पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ। वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ। 

images
images
images

घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार-खिवाङ-शिख-चित्रे सडक अन्तर्गतअन्नपूर्ण-५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो।

पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन्। 

images

'विगतका वर्षमा दसैँलगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,' उनले भनिन् 'कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन्। घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ।'

images

घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन्। १८ किलोमिटर लामो पोखरेबगर-चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले ३० करोडको लागतमा कालोपत्र गरिएको थियो। 

अन्नपूर्ण गाउँपालिका-६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्‍याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ-कुटुका-पेरीभारानी-घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताए। 

लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए। रासस 


प्रकाशित : मंगलबार, असोज २९ २०८११३:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend