शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दसैँमा टाटा मोटर्सको ७ सय ५१ गाडी डेलिभरी, ३ सय ७७ वटा पन्च ईभी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
दसैँमा टाटा मोटर्सको ७ सय ५१ गाडी डेलिभरी, ३ सय ७७ वटा पन्च ईभी

यो दसैँमा पनि टियागो ईभीको १ सय ५६ वटा डेलिभरी भएको कम्पनिले जनाएको छ।

काठमाडौं- यस वर्षको नाडा अटो शोमा ४ सय ७५ वटा बुकिङ लिएर सुरुवात गरेको टाटा पन्च ईभीको यो दसैँमा ३ सय ७७ वटा डेलिभरी भएको छ।

सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको टाटा पन्च ईभीमा कम्पनीले सोचेकोभन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए। 

सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकाले पन्च ईभीले नेपालमा राम्रो बजार लिइरहेको छ।     

टाटाको पन्च ईभीको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो। यो दसैँमा पनि टियागो ईभीको १ सय ५६ वटा डेलिभरी भएको कम्पनिले जनाएको छ।

Dashain Delivery tata .jpg

विशेषगरि महिलाहरु र पहिलो गाडी लिन खोज्ने भएको ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको टियागो ईभीको पनि यो दसैँमा उत्साहजनक रुपमा डेलिभरी भएको छ। साथै टाटाको टिगोर ईभीको १० वटा र आइस गाडीको ५२ वटा डेलिभरी भएको कम्पनिले जनाएको छ।

यो दसैँमा एक्प्रेस-टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ। एक्प्रेस-टीको १ सय ५६ डेलिभरी भएसँगै सिप्रदीले यो दसैँमा ७ सय ५१ टाटा कारहरु डेलिभर गरेको छ। 

यसको साथै दसैँको अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दसैँभरी सिप्रदीको फास्ट डीसी चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको सुविाधा दिएको थियो। साथै टाटा मोटर्सले आफ्ना देशभरीको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ। 

बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला रहेका थिए। जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ तथा चार्जिङको ब्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिएको हो। निःशुल्क चार्जिङ सुविधा एक्प्रेस टीमा लागु नहुने सिप्रदीले जनाएको छ। 

सिप्रदीको नेपालभरी १ सय ८५ भन्दा बढी चार्जिङ नेटवर्क र १६ वटाभन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन्।


प्रकाशित : मंगलबार, असोज २९ २०८११२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend