शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २८ २०८१
images
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे।

images
images

काठमाडौं- यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानजस्ता विपद्बाट खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ। 

images
images
images

विपद्का कारण बाटो बिग्रिएको, पहिरोले पानीको मुहानसम्म पुग्न नसकिएको लगायतका कारण क्षतिबारे तत्काल अध्ययन गर्न असहज भएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए। प्रवक्ता राईका अनुसार बाटो मर्मत भएपछि अध्ययन गरिनेछ।

images
images

'पहिरोको कारण अधिकांश स्थानमा खानेपानीको मुहान पुरिएकाले समस्या भएको छ। वर्षाका कारण फर्पिङ हेन्ड पोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने ‘पेनस्टक पाइप’ र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा धेरै क्षति पुगेकाले विशेषगरी ललितपुरमा पानीको समस्या छ,' उनले भने, 'धेरै ठाउँमा खानेपानीको स्रोत पुरिएको छ, मर्मतका लागि जाने बाटो छैन त्यसैले आयोजना मर्मतका लागि समय लाग्छ।'

images
images

उनका अनुसार ललितपुरको खुमलटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण भइरहेको छ। राईले भने, 'आयोजना मर्मतका लागि हामी संघीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने छौँ।'

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले खानेपानीको व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न आयोजना मर्मत तत्काल सुरु गर्न अनुरोध गरे। रासस 


प्रकाशित : सोमबार, असोज २८ २०८११६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend