शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

तीन जनाले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

images
सोमबार, असोज २८ २०८१
images
तीन जनाले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

जेम्स ए रोविन्नसन, डारोन एसमोग्लु र सिमोन जोन्सनले सयुक्त रुपमा यो वर्षको नोवेल पुरस्कार पाएका हुन्।

images
images

काठमाडौं- विभिन्न मुलका अमेरिकी विश्वविद्यालयका तीनजना प्राध्यापकले यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्। 

images
images
images

जेम्स ए रोविन्नसन, डारोन एसमोग्लु र सिमोन जोन्सनले सयुक्त रुपमा यो वर्षको नोबेल पुरस्कार पाएका हुन्। 

images
images

टर्किस मुलका एसमोग्लु र  बेलायती मुलका सिमोन जोन्सन अमेरिकाकाको एमआईटीका प्राध्यपक हुन् भने रोविन्सन चिकागो विश्वविद्यालयका प्राध्यपक हुन्। 

images
images

कुनै पनि संस्थाको स्थापना र त्यसले समृद्धिमा कस्तो प्रभाव पार्छन् भन्ने अध्ययनलाई पुरस्कृत गरिएको हो।  कुनै पनि संस्थाको गठन र त्यसको सञ्चालनबाट समृद्धि कसरी प्रभावित हुन्छ भन्ने यी प्राध्यपकहरूको अध्यनलाई परस्कृत गरिएको हो। 

तीन जना प्राध्यपकको अनुसन्धान उपिनिवेसकालीन समयदेखिको परिस्थितिमा रहेको छ। यिनिहरुको यो अनुसन्धानपत्रमा युरोपियनहरूले संसारभर उपनिवेस विस्तार गर्दा ती  देशमा कस्ता संस्थाहरु स्थापना भए र ती संस्थाका कारण गरिबी वा समृद्धि के भयो भन्ने रहेको छ। 

उपनिवेसवादीहरूले आफ्ना नागरिकलाई लाभ दिलाउनका लागि बनाएका दोहनकारी संस्थाले पहिले समृद्ध भएका देश अहिले गरिब भएको देखिएको उनीहरूको अध्ययनले देखाएको छ। त्यस्तै समावेशी र लोकतान्त्रिक संस्थाले दिगो विकासलाई बल पुर्‍याउने उनीहरुको अनुसन्धानले देखाएको छ। 

युरोपियनहरूले उपनिवेस विस्तार गर्दा जहाँ जहाँ उनीहरू गए त्यहाँ संस्थाहरू पनि परिवर्तन भए। तर सबै देशमा एउटै तरीकाको परिवर्तन भएन। वा एकै स्वरुपका संस्था गठन भएनन्। केही ठाउँमा रैथानेको दोहन गरेर आफ्ना नागरिक र शासकलाई लाभ दिने उद्देश्यले संस्थाहरू बने। युरोपियनहरू पनि आप्रवासीका रुपमा बस्न रुचाउने ठाउँमा भने उनीहरूका लागि लादायक हुनेगरी समावेसी र लोकतान्त्रिक संस्थाहरू बनाए। 

जुन देशमा दोहनकारी संस्थाहरू बने ती देश अहिले झन गरिबी र न्यून वृद्धिदरको ट्र्यापमा परेका छन् त्यसको ठिक विपरीत जहाँ समावेसी संस्थागत प्रणाली बसाइयो र संस्थागत व्यवस्था भयो त्यहाँ भने समृद्धि रहेको छ। 


प्रकाशित : सोमबार, असोज २८ २०८११६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend