शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

चरम आर्थिक संकटबाट बलियो पुनरुत्थानतर्फ थाइ एयरवेज, ब्युँताउँदैछ सुविधाजनक सुविधाहरू

images
मंगलबार, असोज २९ २०८१
images
images
चरम आर्थिक संकटबाट बलियो पुनरुत्थानतर्फ थाइ एयरवेज, ब्युँताउँदैछ सुविधाजनक सुविधाहरू

संकटमोचक योजनाअनुसार अहिले सञ्चालन भइरहेको कम्पनीलाई एक वर्षभित्रै सामान्य अवस्थामा फर्काउने योजनाअन्तर्गत कम्पनीले विगतमा बन्द गरिएका कयौँ यात्रुलक्षित सुविधा फेरि सुरू गर्ने घोषणा गरेको छ।

images
images

काठमाडौं- कोभिड महामारीका कारण चरम आर्थिक संकटमा परेको थाइ एयरवेजले पछिल्लो एक वर्षदेखि बलियो पुनरुत्थानको लय समातेको छ। सन् २०२० मा ब्यांक्रप्सी प्रोटेक्सन फाइल गरेको एयरलाइन्सले अबको एक वर्षभित्रै सबै पुनर्संरचना पूरा गरेर सामान्य अवस्थामा फर्किने तयारीका साथ योजना सार्वजनिक गरेको छ। 

images
images
images

संकटमोचक योजनाअनुसार अहिले सञ्चालन भइरहेको कम्पनीलाई एक वर्षभित्रै सामान्य अवस्थामा फर्काउने योजनाअन्तर्गत कम्पनीले विगतमा बन्द गरिएका कयौँ यात्रुलक्षित सुविधा फेरि सुरू गर्ने घोषणा गरेको छ। 

मध्यमवर्गीय यात्रु लक्षित आकर्षक सुविधा दिने नामले प्रचित थाइ एयरवेजको प्रिमियम इकोनोमी क्याबिल फेरि सुरू हुने भएको छ। विगतमा अधिक नोक्सानीका कारणले बन्द गरिएका यस्तै मध्यमवर्गीय क्याबिन सुविधामात्र होइन बिजनेस क्लासमा पनि अपडेट गर्ने कम्पनीले घोषणा गरेको छ। 

images

पछिल्लो समय धेरै एयरलाइन्सले सुरू गरेको प्रिमियम इकोनमी क्याबिन पहिले भने सीमित एयरलाइन्सलेमात्र दिँदै आएका थिए। जसमा थाइ पनि पर्छ। तर अधिक नोक्सानी तथा चरम आर्थिक संकटबाट मुक्ति पाउनका लागि यस्तो सुविधा हटाइएको थियो। यस्तो सुविधा भएकै जहाज नै उडानमा थिएनन्।

images

अब भने एयरलाइन्सले इन्धन किफायति जहाजबाट यस्तो सुविधा यात्रुलाई दिएर दिगो नाफा आर्जनको मार्गचित्र सार्वजनिक गरेको छ। 

'सस्तो र आरामदायी हवाई यात्रा'  भन्ने स्लोगनसहित थाइले विभिन्न सुविधाजनक स्किम ल्याउँदै जाने बताएको छ। प्रिमियम इकोनोमी पुनः प्रवेश गर्दै 'फ्लाई फर न्यू प्राइड' नारा पनि अघि सारेको छ। थाइ एयरवेजका सीईओ चाई इयामसिरीले १७ वटा बोइङ ७७७-३०० ईआर जहाजको क्याबिनमा सुधार गर्ने बताएका छन्। त्यस्तै लामो दुरीको उडानमा बोइङ ७८७  विमानहरूको क्याबिनमा पनि सुधार हुने उनको घोषणा रहेको छ। 

थाइले ४५ वटा बोइङ ७८७-९ ड्रिमलाइनर जहाज ल्याइसक्ने योजना बनाएको छ। यी सबै जहाजमा कम्पनीले घोषणा गरेका क्याबिन सुविधा हुनेछन्। यी जहाजको पहिलो डेलिभरी सन् २०२७ मा सुरू हुने बताइएको छ। यी जहाजमा बिलासी बिजनेस क्लास क्याबिन हुनेछन्। 

ब्यांक्रप्सी फाइल गरेपछिको पुनर्संरचना योजनाअन्तर्गत भएको सुधारले एयरलाइन्सको पछिल्लो आर्थिक अवस्थामा उल्लेख्य सुधार भएको छ। पछिल्लो चार वर्षमा भएको सुधारको परिणाम देखिएको छ। 

सन् २०२४ को पहिलो त्रैमासमा ११ प्रतिशतले आम्दानी बढाउन सफल भएको थियो। आर्थिक संकटमा गएपछि केही समय काठमाडौं उडान बन्द गरेको कम्पनीले सहायक कम्पनी थाइ स्माइलमार्फत केही समय उडान गरेको थियो। त्यसपछि अहिले भने थाइ एयरवेजले नै उडान गरिरहेको छ।


प्रकाशित : मंगलबार, असोज २९ २०८११०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend