शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

बुधबार, असोज २३ २०८१
ग्लोबल आईएमई बैंक र माइजोईबीच सम्झौता, यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने

यसरी यूएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ।

काठमाडाै- ग्लोबल आईएमई बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्सस्थित माइ जोईबीच यूएईबाट नेपालमा रेमिट्यान्स पठाउन सहज माध्यम बनाउनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले माइ जोईको रेमिट्यान्स एपबाट सहज रुपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइ जोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रेहेको र माइ जोईसँग साझेदारी गर्न पाउँदा बैंकले उत्साहित भएको बताए।

यसैगरी माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलिले यूएईमा रहेका नेपाली कामदारहरूले आफ्ना आफन्त तथा परिवारहरूलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आईएमई बैंकसँग यो यात्रा सुरु गर्न पाउँदा माइजोई रोमाञ्चित रेहेको जानकारी गराए।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ। यसकाे यूएईमै मुख्यालय रहेकाे छ।

यसरी यूएईबाट ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ।

साथै, यसै सम्झौताअनुसार संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : बुधबार, असोज २३ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend