बुधबार, कात्तिक ७ गते २०८१    
images
images

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढी-पहिरोपीडितलाई राहत वितरण

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
images
एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढी-पहिरोपीडितलाई राहत वितरण
images
images

काठमाडौं- असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ।

images
images
images

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ।

'संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो। हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौँ,' एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्।

images

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, 'विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडिहहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो। यसका लागि एनसेलप्रति हामी आभारी छौँ। अब हामीले पुनर्स्थापनामा काम गर्नुपर्ने छ।' 

images
ncell rahat (2).jpg

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिईएको छ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए। 

ncell rahat (3).jpg

खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, 'एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पुर्‍याउन तत्पर छौँ। सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौँ।'

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरुका लागि ठूलो सहयोग सावित भएको छ। स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्व राखेको हुनाले प्रशंसा गरेका छन्।

ncell rahat (4).jpg

एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ।

एनसेल फाउन्डेसनले परिस्थितिको मूल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुर्नस्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ।

ncell rahat (5).jpg


प्रकाशित : बुधबार, असोज २३ २०८११२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend