शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनकाे मूल्य लगातार ओरालाे, बुधबार प्रतिताेला एक हजार रूपैयाँले घट्याे

बुधबार, असोज २३ २०८१
सुनकाे मूल्य लगातार ओरालाे, बुधबार प्रतिताेला एक हजार रूपैयाँले घट्याे

बुधबार सुनकाे मूल्य प्रतिताेला एक हजार रूपैयाँले घट्दा चाँदी पनि प्रतिताेला ४० रूपैयाँले सस्तिएकाे छ।

काठमाडाैं- याे साता सुनकाे मूल्यमा लगातार गिरावट आएको छ। साताकाे तीनैदिन ओरालाे लागेकाे सुनकाे मूल्य बुधबार पनि प्रतिताेला एक हजार रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासंघका अनुसार बुधबार सुन प्रतिताेला एक लाख ५९ हजार एकसय रूपैयाँमा काराेबार भइरहेकाे छ।

याे साता आइतबार प्रतितोला तीनसय र सोमबार प्रतितोला पाँचसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको थियाे। मंगलबार सुन प्रतिताेला एक लाख ६० हजार एकसय रूपैयाँमा काराेबार भएकाे थियाे।

यस्तै मंगलबार प्रतिताेला ४० रूपैयाँले घटेकाे चाँदीकाे मूल्य बुधबार पनि प्रतिताेला ४० रूपैयाँले सस्तिएकाे छ।

बुधबारका लागि चाँदीकाे मूल्य प्रतिताेला एक हजार ९ सय रूपैयाँ ताेकिएकाे छ। 

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा काराेबार भएकाे थियाे।


प्रकाशित : बुधबार, असोज २३ २०८११२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend