शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रूपैयाँ सहयोग

मंगलबार, असोज २२ २०८१
बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रूपैयाँ सहयोग

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बाढीपहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।

मुलुकलाई विपत्ति आइलागेको अवस्थामा विगतदेखि नै सहयोग गर्दै आएको पनि बैंकले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज २२ २०८११६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend