बुधबार, कात्तिक ७ गते २०८१    
images
images

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

images
मंगलबार, असोज २२ २०८१
images
images
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- यो साता मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला तीनसय र सोमबार प्रतितोला पाँचसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको हो।

images
images
images

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँ कायम छ।

सोमबार सुन प्रतितोला एक लाख ६० हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

images

यस्तै आइतबार बढेर सोमबार सामान्य घटेको चाँदीको मूल्य मंगलबार पनि ओरालो लागेको छ।

images

सोमबार प्रतितोला एक हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला ४० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ४० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २२ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend