शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, असोज २२ २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- यो साता मंगलबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार प्रतितोला तीनसय र सोमबार प्रतितोला पाँचसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला चारसय रूपैयाँले घटेको हो।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार एकसय रूपैयाँ कायम छ।

सोमबार सुन प्रतितोला एक लाख ६० हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आइतबार बढेर सोमबार सामान्य घटेको चाँदीको मूल्य मंगलबार पनि ओरालो लागेको छ।

सोमबार प्रतितोला एक हजार ९ सय ८० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला ४० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ४० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, असोज २२ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend