बुधबार, कात्तिक ७ गते २०८१    
images
images

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेसन हबको शुभारम्भ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
images
चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेसन हबको शुभारम्भ
images
images

काठमाडौं- वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ। आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो। 

images
images
images

शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको छ। सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताउनभयो। यसका लागि आफुहरु सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए। उनले डकुमेन्टस पुरा भएका विद्यार्थीहरुले प्रभु बैंकको सेवा लिन समेत आग्रह गरे। 

प्रभु बैंकका चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताइन्। बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको बताइन्।

images

एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन्। 

images

प्रभु बैंकको नरॎायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्टस पूरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने जानकारी दिए। यसका लागि अलग्गै कर्मचारीहरु खटाइएको समेत उहाँले जानकारी दिए । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गसिकेको छ। 

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

साथै छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।


प्रकाशित : सोमबार, असोज २१ २०८११२:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend