शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

तराई जोड्ने लाइफलाइन बिपी राजमार्ग पुनर्निर्माणमा पुन: जापान गुहार्दै सरकार

images
सोमबार, असोज २१ २०८१
images
images
तराई जोड्ने लाइफलाइन बिपी राजमार्ग पुनर्निर्माणमा पुन: जापान गुहार्दै सरकार

जाइकाले अध्ययन गरेरमात्रै नेपालको प्रस्तावमा जवाफ दिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्गमा ठूलो खर्च लाग्ने अनुमान गरेको छ।

images
images

काठमाडौं- जापानी सहयाेग नियाेग जाइकाकाे सहयाेगमा निर्माण भएकाे तराई जाेड्ने बिपी राजमार्गमा बाढी र पहिराेले ठूलाे क्षति भएपछि पुनर्निर्माणमा सहयोग गर्न सरकारले जापानलाई नै प्रस्ताव गरेकाे छ।

images
images
images

अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट देशभर अर्बौँको क्षति भएको छ। बाढीपहिरोले दर्जनौँ ठूला राजमार्ग र स्थानीय सडक क्षतिविक्षत भएका छन्। सबैभन्दा ठूलो क्षति भने जापान सरकारले अनुदानमा निर्माण गरिरिदएको बिपी राजमार्गमा भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माका अनुसार बिपी राजमार्गअन्तर्गत चौकीडाँडा-कालढुंगा १८ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक पूर्णरूपमा बगेको छ। राजमार्गमा ११ स्थानमा बाटो पूर्णरुपमा क्षति भएको छ।

images

सबै सडक पहिलेको जस्तो बनाउन कति रुपैयाँ लाग्छ अझै अनुमान गर्न सकिने अवस्था नरहेको सचिव शर्मा बताउँछन्। ‘अहिले दसैँमा घर पठाउनका लागि अस्थायी संरचना बनाउन प्रयास जारी राखेका छौँ, अझै पनि सम्भव बनाउन सकिएको छैन,’ सचिव शर्माले भने। 

images

रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायीरुपमा यातायात सञ्चालनका लागि पहल भएको छ।

यता स्थायी संरचना बनाउनका लागि भने अनौपचारिक रुपमा सररकाले परराष्ट्र मन्त्रालयमार्फत जाइकालाई प्रस्ताव गरेको छ।

जाइकाकै पूर्ण अनुदानमा बिपी राजमार्ग निर्माण भएको थियो। राजमार्गमा ठूलो क्षति भएपछि सरकारले पुनः जाइकाला नै प्रस्ताव गरेको हो। जाइकाले भने तत्कालै केही जवाफ नदिएपनि क्षतिको पूर्ण विवरण आएपछि आफैले अध्ययन भने गर्ने तयारी गरेको छ।

जाइकाले अध्ययन गरेरमात्रै नेपालको प्रस्तावमा जवाफ दिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भौतिक मन्त्रालयले बिपी राजमार्गमा ठूलो खर्च लाग्ने अनुमान गरेको छ। 

राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो। हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ बैशाख १२ गते गएका भूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो।

भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै जिम्मा लिएको थियो। बिपी राजमार्गको पुनर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानी निर्माण कम्पनी हाज्माअन्दो करपोरेसनले सुरु गरेको थियो। करिब १८ महिनामा पुननिर्माण सम्पन्न गरेको थियो। भूकम्पमा पनि सहयोग गरेकोले बाढी पहिरोले क्षति भएको सडक पनि पुनर्निर्माणमा सहयोग गर्ने अपेक्षा सरकारको छ। 

राजमार्ग जापान सरकारको २२ अर्ब रुपैयाँ सहयोगमा निर्माण गरिएको थियो। सन् १९९५ अगष्टमा नेपाल र जापान सरकारबीच परियोजना सञ्चालनसम्बन्धी सम्झौता भएको थियो। नेपालमै पहिलो नयाँ प्रविधिका रूपमा ‘सटक्रिट’ र ‘जियोटेक’ प्रविधि प्रयोग सडक निर्माण गरिएको थियो। पहिरो नियन्त्रण गर्न सिमेण्ट छाप्ने कार्य र पहिरो तथा थलथल भएको जमीनमा सडक निर्माण गर्न जियोटेक प्रविधि प्रयोग भएको थियो।

बिपी राजमार्गको निर्माण विस २०१५ सालमा तत्कालीन जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको परिकल्पनाअनुरूप त्यतिबेलै सुरू भएको थियो। तर पनि २०१७ सालको शासन व्यवस्था परिवर्तनपछि राजमार्ग निर्माण आझेलमा परेको थियो। ३७ वर्षसम्म ओझेलमा परेको बिपी राजमार्गलाई चार खण्डमा विभाजन गरी जापान सरकारको आर्थिक सहयोगमा २०५२ सालदेखि निर्माण सुरू गरेको थियो। पछिल्लो समय बिपी राजमार्ग तराइ जोड्ने लाइफलाइन बन्दै आएको छ। 


प्रकाशित : सोमबार, असोज २१ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend