शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुन्डाई नेपालले 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्रि राइड टु होम' अभियान सञ्चालन गर्ने

आइतबार, असोज २० २०८१
हुन्डाई नेपालले 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्रि राइड टु होम' अभियान सञ्चालन गर्ने

कम्पनीका अनुसार यस अभियानअन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने छ।

काठमाडौं- हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकका लागि 'हुन्डाई हाईवे एस्सुरेन्स: केयर फ्रि राइड टु होम' सेवा उपलब्ध गराउने भएको छ।

दशैँतिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न ल्याउन लागिएको उक्त सेवा असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसअन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइने छ।

हुन्डाईले आफ्ना दक्ष प्राविधिकसहित ९ प्रमुख स्थानहरु हेटौँडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलालीलगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापना गरेको छ।

कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्ने जनाएको छ।

विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डीसी चार्जरहरू पनि उपलब्ध हुनेछन्। यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारीसाधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार २०१४ देखि सञ्चालनमा रहेको 'हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम' अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण हो। हुन्डाईले प्रिमियम सवारीसाधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यान राख्दै आएको जनाएको छ।


प्रकाशित : आइतबार, असोज २० २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend