शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, असोज २० २०८१
प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घट्दा चाँदी प्रतितोला पाँच रूपैयाँले महँगिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यमा भने सामान्य बढेको छ।

गएको शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको हो। आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य गत शुक्रबारको तुलनामा आइतबार प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, असोज २० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend