शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाढी प्रभावितलाई बीवाईडी बिक्रेता साइमेक्सको ५१ लाख, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

शनिबार, असोज १९ २०८१
बाढी प्रभावितलाई बीवाईडी बिक्रेता साइमेक्सको ५१ लाख, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण

साइमेक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितहरुको सहयोगार्थ ५१ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो।

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढी तथा पहिरो प्रभावितलाई ५१ लाख रुपैयाँ उपलब्ध गराएको छ। 

साइमेक्सले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५१ लाख रुपैयाँको चेक हस्तारन्तरण गरेको हो। साइमेक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावितहरुको सहयोगार्थ उक्त रकम हस्तान्तरण गरेको हो। 

गत साता शनिबारदेखि परेको अविरल वर्षाका कारण साढे दुई सयभन्दा बढीको ज्यान गएको थियो भने हजारौँ घरबारविहीन भएका थिए। 

सरकारको राहत तथा उद्धार कार्यलाई सहयोग पुगोस् भन्ने हेतुले ५१ लाख रुपैयाँ कोषलाई हस्तारन्तरण गरिएको साइमेक्स इंकले जनाएको छ।


प्रकाशित : शनिबार, असोज १९ २०८११५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend