शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सम्पन्न भयो एमएडब्लू वृद्धिको पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ

शनिबार, असोज १९ २०८१
सम्पन्न भयो एमएडब्लू वृद्धिको पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ

गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो।

पोखरा- एमएडब्लू वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सफलताका साथ सम्पन्न भएको छ।

पोखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरुले नामी, सेरेस र दिपल इभीको एक्सपिरियन्स गरेका थिए। ईभीप्रेमीहरुले तीन ब्रान्डका ईभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गरेका थिए।

पोखराबाट भएको यो प्रतिक्रियाले यो क्षेत्रमा विद्युतीय सवारीसाधनको बढ्दो रुचिलाई प्रदर्शन गरेको छ।

यो विशेष कार्यक्रममा विद्युतीय सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको विद्युतीय सवारी खरिदमा पोखरावासी जुटेका थिए।  

एमएडब्लू वृद्धि ग्राहकहरुको सहभागिता र रुचीका लागि धन्यवाद प्रकट गर्दछ। गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो। 


प्रकाशित : शनिबार, असोज १९ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend