शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

कञ्चनजंघा आधार शिविरमा पर्यटकको चहलपहल

images
शनिबार, असोज १९ २०८१
images
images
कञ्चनजंघा आधार शिविरमा पर्यटकको चहलपहल

पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका छन्। पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

images
images

ताप्लेजुङ- कञ्चनजंघा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ। शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन्।

images
images
images

घुन्सास्थित कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन्।

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। कञ्चनजंघा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका-६ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका बताए। विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजंघा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन्।

images

फक्ताङलुङ गाउँपालिका-६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजंघा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन्। फक्ताङलुङ गाउँपालिका-६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ। यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ।

images

पर्यटकका सहयोगीको मृत्यु

कञ्चनजंघा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुंगाले लागेर मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका- ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको  ढुंगाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका- ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन्। उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन्। रासस


प्रकाशित : शनिबार, असोज १९ २०८११३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend