शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

शनिबार, असोज १९ २०८१
१३२ युनिट डेलिभरीका साथ बीवाईडीले हासिल गर्‍यो महत्वपूर्ण उपलब्धि

नेपालीहरुको महान चाड दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

काठमाडौं- विश्वकै अग्रणी इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १ सय ३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

नेपालीहरुको महान चाड दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउने कम्पनीले जनाएको छ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो। अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेहिकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १ सय ३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो। यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्दछ भने बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ। यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो।’

देशभर बीवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ। पछिल्लो समयमा वीरगञ्ज, बनेपा र जनकपुरलगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ।

वातावरणमैत्री अभियान र साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको जनाएको छ। 

शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बीवाईडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको बताइएको छ।


प्रकाशित : शनिबार, असोज १९ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend