शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

शुक्रबार, असोज १८ २०८१
एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभरी १ सयभन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको जनाएको छ।

काठमाडौं- एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन्। उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर-टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन्।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरु र ती कार्यहरुको प्रभावको सम्मान हो। साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरुमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरुको एक प्रमाण रहेको बताएको छ।

'एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौँ,' खड्काले भनिन्।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशैभरी १ सयभन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको जनाएको छ।

रिङरोडको कोटेश्वर-कलंकी १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरु हुन्।

आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ। यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदायस्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ।

एनसेलले विभिन्न सामाजिक पहलहरुमा २ अर्ब रूपैयाँभन्दा बढीको योगदान गरिसकेको छ। सामाजिक परियोजनामार्फत सामाजिक-आर्थिक विकासमा योगदान पुर्‍याएकाले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भइसकेको छ।

वुमन्स ट्याब्लोइड अवार्डसले मुख्यरूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरुको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ। वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ।


प्रकाशित : शुक्रबार, असोज १८ २०८११८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend