शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नुवाकोटमा सीएफमोटो र जीहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे नुवाकोटको साततले दरबार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
नुवाकोटमा सीएफमोटो र जीहोको शोरुम विस्तार, काठमाडौंबाट राइडर पुगे नुवाकोटको साततले दरबार

काठमाडौं- सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेडिङ कम्पनीले नुवाकोटमा डिलर विस्तार गरेको छ।

नुवाकोटको लागि आधिकारिक डिलरको रुपमा भैरवी इन्भेस्टमेन्ट कम्पनीले शोरुम स्थापना गरेको हो। 

उक्त शोरुम विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले उद्घाटन गरेका हुन्। सो अवसरमा नुवाकोटका राइडरलाई समेत विभिन्न नयाँ अनुभव प्रदान गर्नका लागि यी दुई ब्रान्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा नगर प्रमुख श्रेष्ठले गरे। 

यो भन्दा पहिले सीएफमोटो तथा जीहोको नक्सालस्थित शोरुमबाट १५ राइडरले आफ्नो राइड प्रारम्भ गरेर नुवकोटको बट्टार पुगेका थिए। उनीहरु नक्साल शोरुमबाट नुवाकोट र काठमाडौंको सीमाना शिवपुरी डाँडा हुँदै बट्टार पुगेका हुन्। 

नेपाली बजारमा सीएफमोटो एनके २५० तथा हालै भित्रिएको एमटी ४५० मुख्य आकर्षणको रुपमा रहेका छन्। त्यसैगरी जीहो एई६ प्लस र एई८ मोडल उपलब्ध छन्।


प्रकाशित : शुक्रबार, असोज १८ २०८११७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend