शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एकैदिन नेपालमा जेइको जे सिक्स र ओमोडा ई फाइभ एकसय वटा डेलिभरी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १८ २०८१
एकैदिन नेपालमा जेइको जे सिक्स र ओमोडा ई फाइभ एकसय वटा डेलिभरी

काठमाडौं- ओमोडा एन्ड जेइको कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता, एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ‘जेइको जे सिक्स’ विद्युतीय एसयूभी र ओमोडाको १ सय वटाभन्दा धेरै एकै दिन डेलिभरी गरेको छ। पूर्ण रूपमा विद्युतीय जेइको जे सिक्स नेपालमै पहिलो अफ-रोड विद्युतीय एसयूभी हो।

नाडा अटो शो २०२४ मा सार्वजनिक गरिएको बहुप्रतिक्षित जेइको जे सिक्सले यसको पावर, पर्फर्मेन्स तथा आकर्षक अफ-रोड डिजाइनका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ। त्यसमाथि अफ-रोड ड्राइभिङमा रूची राख्नेहरूले गत हप्ता आयोजित डर्ट-टेम्पल च्यालेन्जको चुनौतीपूर्ण ट्र्याकहरूमा जेइको जे सिक्सको शक्तिशाली अफ-रोड क्षमता प्रत्यक्ष अनुभव गर्न तथा हेर्न पाए।

यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा पनि प्रमाणित भएको छ। त्यति मात्र होइन ओमोडा ई फाइभ सार्वजनिक भएको केही महिनामै फ्युचरिस्टिक एसयूभीले निकै लोकप्रियता हासिल गरेको छ। भर्खरै नाडा अटो शोमा ओमोडा ई फाइभ डीएलएक्स ओमोडा ई फाइभ लक्सको कम संस्करण हो।

omo jaecoo 100.jpg

जेइको जे सिक्स नेपालको चुनौतीपूर्ण अफ-रोड अवस्थाका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएकोले गर्दा यो नेपाली अफ-रोड पारखीहरूको लागि उचित रोजाइ बनेको छ। २७ सय १५ एमएमको ह्विलबेस, १८(वा १९) इन्चको ह्विल तथा २ सय एमएम ग्राउन्ड क्लियरेन्स अफरोडको लागि उपयुक्त विशेषता हो।

चालकसहित ५ यात्रु क्षमता रहेको यो गाडीमा वाइड प्यानोरामिक सनरुफ, ८‍-१२ स्पिकर इन्फिनिटि साउन्ड सिस्टम तथा इजि-क्लिनिङ डिजाइनसहितको इन्टेरियर रहेको छ। यसको साइड-हिन्ज्ड टेलगेटसँगै २६४ लिटरको बुटस्पेस र १० किलो क्षमताको पेलोड बक्स रहेको छ जुन आपतकालिन अवस्था तथा सहज पहुँचका लागि उपयुक्त हुन्छ।

जे सिक्सले डे एन्ड नाइट रियर भ्यु  मिरर, ३६० डिग्रि क्यामेरा, प्यासेन्जर एयरब्याग, साइड एयरब्याग जस्ता सुविधाहरूको साथ उच्चतम सुरक्षा प्रदान गर्दछ। जे सिक्सले यसको रगेड बडिसँगै अफ रोडको लागि शक्तिशाली पर्फमेन्स दिन्छ। जे सिक्स दुइवटा भेरियन्टमा उपलब्ध छ। पहिलो भेरियन्ट २ सय न्युटनमिटरको टर्क र १८० किलोवाटको अधिकतम पावर दिने डुअल इलेक्ट्रिक मोटरसहितको फोर-व्हिल-ड्राइभ। र दोस्रो १८४ न्युटनमिटरको टर्क र १३५ किलोवाटको अधिकतम पावर दिने सिंगल मोटर भेरियन्टमा उपलब्ध छ।

omo jaecoo 100.jpg

यो गाडी ६.५ सेकेन्डभित्रै शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। सीएटीएलको एलएफपी (लिथियम फेरोस फस्फेट) ब्याट्री ६५.69 किलोवाटआवरमा उपलब्ध छ। रहेको जे सिक्सले ५०१ किलोमिटरको सीएलटीसी-रेन्ज प्रदान गर्दछ। गाडी ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र ३० मिनेटमा चार्ज हुन्छ भने यसमा डीसी र एसी दुवै चार्जिङ पोर्टहरू उपलब्ध रहेका छन्। समग्रमा, जे सिक्स एक आरामदायी, व्यावहारिक, तथा नेपाली भूभागको लागि सुहाँउदो एसयूभी हो, जुन नेपाली ग्राहकहरूको प्राथमिकतामा पर्दछ।

एसपीजी अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटिका आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ। जेइको जेसिक्स प्रभावशाली पर्फमेन्स, अद्भुत पावर र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीको रूपमा स्थापित रहेको छ।

एसपीजी अटोमोबाइल्स एडभेन्चर रूचाउने गाडी पारखी, ईभीमा रूची राख्ने तथा गाडी खरिद गर्न चाहने सम्पूर्णलाई थापाथलीस्थित जेइको सोरुम भिजिट गरी जे सिक्सलाई नजिकबाट नियाल्न र अनुभव गर्न आमन्त्रण गर्दछ।


प्रकाशित : शुक्रबार, असोज १८ २०८११६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend