काठमाडौं- दरबारमार्गस्थित अन्नपूर्ण होटलले भारतीय होटल आईटीसीसँग व्यवस्थापन करार गरेको छ। कोभिडपछि बन्द रहेको यस होटलले आफ्नो सम्पूर्ण व्यवस्थापन हेर्नेगरी आईटीसीसँग व्यवस्थापन करार सम्झौता गरेको हो।
आईटीसीसँग व्यवस्थापन करार सम्झौता भएसँगै पाँचतारे सुविधासहितको अन्नपूर्ण स्क्वायर प्राइभेट लिमिटेडअन्तर्गत अन्नपूर्ण होटल सञ्चालनमा आउन लागेको हो।
बिहीबार काठमाडौंमा आयोजित समारोहकाबीच उक्त सम्झौता भएको होटलले जनाएको छ। आईटीसीसँग व्यवस्थापन सम्झौता गर्ने अन्नपूर्ण होटल दोस्रो होटल हो।
आईटीसीले भुक्तपुरस्थित फर्च्युन रिसोर्ट एण्ड वेलनेस स्पा सञ्चालन गरिरहेको छ। यस्तै २०२४ मै आईटीसीले श्रीलंकमा समेत होटल व्यवसायमा प्रवेश गरेको छ।
अन्नपूर्ण होटललाई सुविधासम्पन्न र स्थानीय कला संस्कृतियुक्त बनाउने गरी सम्झौता भएको आईटीसीले जनाएको छ।
सञ्चालनमा आउन लागेको अन्नपूर्ण होटलमा ३१८ कोठा, ५ तारे सुविधा, ३० सर्भिस अपार्टमेन्ट, ४ कन्फ्रेन्स हल, सपिङ एकर्ड, मनोरञ्जन जोन लगायतका सेवा सुविधाहरु हुने बताइएको छ।
आईटीसीसँग व्यवस्थापन सम्झौता भएकोमा होटलकी कार्यकारी निर्देशक सृजना राणाले खुसी व्यक्त गरिन्।
'होटल अन्नपूर्णलाई अन्नपूर्ण स्क्वायर प्राइभेट लिमिटेडको रुपमा पुनर्निमार्ण गरेर संचालन गर्न पाउँदा खुसी छौँ। विगतमा अन्नपूर्ण होटल पर्यटकका लागि पहिलो रोजाइमा पर्ने गरेको थियो। अन्नपूर्ण होटलको पर्यावरण, सेवा सुविधा, आधुनिक नवप्रवर्द्धन लगायतका कारण अन्नपूर्ण होटल सबैको रोजाइमा पर्ने गरेको थियो। आगामी दिनमा आईटीसी होटलले आफ्नो विशेज्ञताका आधारमा अन्नपूर्णको विगतको साखलाई जोगाउँदै सेवालाई थप प्रभावकारी बनाउने विषयमा हामी विश्वस्थ छौँ', राणाले भनिन्।
आईटीसीसँग व्यवस्थापन सम्झौता हुन अन्नपूर्ण होटलका लागिमात्रै नभएर समर्ग पर्यटन उद्योगकै लागि कोशेढुंगा सावित हुने होटलका अध्यक्ष मीनबहादुर गुरुङले बताए।
'आइसीटीसँग यस सम्झौता अन्नपूर्ण होटलका लागि मात्रै नभएर समर्ग पर्यटन उद्योगकै लागि कोशेढुंगा सावित हुनेछ। आईटीसीले आफ्नो अनुभवका आधारमा होटल सञ्चालन गर्ने भएकाले आगामी दिनहरुमा यसको सेवा सुविधा तथा विगतको लिगेसी थप बढेर जाने विश्वास गर्न सकिन्छ। यस सम्झौतासँगै अन्नपूर्ण होटल पुन एक पटक काठमाडौं उपत्यकाकै पहिलो रोजाइमा पर्नेछ। दुबै कम्पनी एक साथ काम गर्दा हस्पिटालिटी व्यवसायको क्षेत्रमा नयाँ गुणस्तर तथा मापदण्डको मानक निर्माण हुने भएकाले विश्वकै पर्यटकहरुकै ध्यान खिच्नेछ', अध्यक्ष गुरुङले भने।
अन्नपूर्ण होटलसँग जोडिएर काम गर्न पाउँदा उत्साहित भएको आईटीसीका प्रमुख अनिल चड्डाले बताए। आगामी दिनमा अन्नपूर्णले आफ्नो सेवा सुविधाबाट सबैलाई प्रभावित तुल्याउने बताए।
'अन्नपूर्ण स्क्वायर प्राइभेट लिमिटेडसँग काम गर्ने अवसर प्राप्त भएकोमा हामी निकै खुसी छौँ। आइसीटी होटल उच्चस्तरीय सेवा दिन सवालमा प्रतिवद्ध छ। होटलको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै आगन्तुकलाई उच्चस्तरीय सेवा दिने कुरामा कुनै पनि कमी हुने छैन। होटल अन्नपूर्णले नेपालको पर्यटनको क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलकेकोले उक्त खासलाई जोगाउने कर्तव्य हामीमा आएको छ। हाम्रो प्रमुख प्रतिबद्धता भनेकै सम्पत्तिहरुको पुनर्निर्माण गर्ने, होटलको सांस्कृत पक्षलाई संरक्षण गर्ने र जमिनको संरक्षण गर्ने हो',चड्डाले भने।
यसअघि होटल डेल अन्नपूर्णको रुपमा सञ्चालनमा रहेको यस होटल आईटीसीसँग व्यवस्थापन कारार भएसँगै अन्नपूर्ण स्क्वायर प्राइभेट लिमिटेडको रुपमा सञ्चालनमा आउने बताइएको छ।