शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बाढीपहिरोले ५ राजमार्गका ३१ स्थान अझै अवरुद्ध, क्षति भएका सबै सडक संरचना बनाउन २५ अर्ब रूपैयाँ लाग्ने

यी हुन् यातायात सञ्चालन हुन नसकेका मुख्य सडक खण्डहरू

images
बिहीबार , असोज १७ २०८१
images
बाढीपहिरोले ५ राजमार्गका ३१ स्थान अझै अवरुद्ध, क्षति भएका सबै सडक संरचना बनाउन २५ अर्ब रूपैयाँ लाग्ने

क्षति भएका सम्पूर्ण संरचना स्थायीरुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रूपैयाँ लाग्ने अनुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ।

images
images

काठमाडौं- पछिल्लो अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानबाट देशभर अर्बौँको क्षति भएको छ। बाढीपहिरोले दुईसयभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ ठूला राजमार्ग र स्थानीय सडक क्षतिविक्षत भएका छन्।

images
images
images

गएको बिहीबारदेखि आइतबारसम्मको वर्षा तथा प्राकृतिक विपत्तिले देशका विभिन्न भागका सडक, पुल, झोलुंगे पुल, विद्युत, खानेपानी, टेलिफोनलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यसले धेरै ठाउँमा सडक यातायात अवरुद्ध हुन पुगेको छ।

images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाएको छ। २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ।

images
images

अझैसम्म ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध रहेको छ। यातायात सञ्चालन गर्न तथा क्षति पुगेका सडक मर्मतसम्भार गरी खुला गर्न सबै जिम्मेवार निकायमार्फत युद्धस्तरमा काम भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम पाइप र अस्थायी प्रकृतिको बेलिब्रिजसमेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ।

क्षतिको विस्तृत विवरण संकलनको काम जारी नै रहेको र हालसम्मको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुईदेखि तीन अर्ब रूपैयाँ लाग्ने देखिएको मन्त्रालयले जनाएको छ।

क्षति भएका सम्पूर्ण संरचना स्थायीरुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यातायात सञ्चालन गर्न अझै बाँकी रहेका मुख्य राजमार्गका खण्डहरू

पूर्वाधार मन्त्रालयका अनुसार अरनिको राजमार्गअन्तर्गत लार्चा-कोदारी खण्डको ५ किलोमिटर खण्डमा रहेको लिपिङ् पुल र लार्चाको बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ। लार्चामा ह्युम पाइप/पेनस्टक पाइप र लिपिड्‌मा बेलीब्रिज जडान गरि यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

यस्तै बीपी राजमार्गअन्तर्गत चौकीडाँडा-कालढुंगा १८ किमीमध्ये करिब १२ किलोमिटर सडक पूर्णरूपमा बगेका कारण बीच-बीचमा सवारीसाधनहरू रोकिएका छन्। दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भए सम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायीरुपमा यातायात सञ्चालन गरिने पूर्वाधार मन्त्रालयले जानकारी दिएको छ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गको पनि दोलालघाट-राकथुम खण्डको ८० किलोमिटर सडकमा धेरै ठाउँमा पहिरो गइ सडकसमेत वासआउट भएको, दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। सडक सफा गरी बर्दिबासबाट बीपी राजमार्ग भएर आउने सवारीसाधनलाई दोलालघाट हुँदै काठमाडौं प्रवेश गराइने बताइएको छ।

यस्तै कान्ति राजपथको घपेली- बगुवाको १३ किलोमिटर सडक र बागमती पुलको एप्रोच छिटोभन्दा छिटो निर्माण गरिने जानकारी दिइएको छ। मकवानपुर तथा ललितपुर दुवैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ। 

बाढी तथा पहिरोले क्षति पुर्‍याएको मेची राजमार्गअन्तर्गत रमिते-फिदिम खण्डको ८ किमी सडकमा हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ। हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने योजना रहेको पूर्वाधार मन्त्रालयले जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १७ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend