शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विलिङ विङगो ईभीमा दसैँको विशेष अफर

विङगो ईभीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी

बिहीबार , असोज १७ २०८१
विलिङ विङगो ईभीमा दसैँको विशेष अफर

२९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने विङगो ईभीमा अत्याधुनिक विशेषताहरु छन्। सुरक्षा र सुविधामा विङगो ईभीमा कुनै सम्झौता गरिएको छैन।

काठमाडौं- विलिङको विङगो ईभीमा आकर्षक अफर सार्वजनिक भएको छ। विलिङ विङगो ईभीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले दसैँका लागि विशेष अफर ल्याएको हो। 

कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि लागु हुनेछ। ३० लाखभन्दा कम मूल्यमा विद्युतीय कार किन्न चाहने उपभोक्ताका लागि विलिङ विङगो ईभी उपयुक्त हुने र नक्साल स्थित शोरुमा पुगेर दसैँ विशेष अफर लिन सकिनेछ। 

यो योजना अक्टोबर १ देखि अक्टोबर ६ सम्ममात्र लागु हुनेछ। विङगो किन्न चाहने ग्राहकले एक्सचेन्ज गर्दा आकर्षक मूल्य पाउने छन्। २९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने विङगो ईभीमा अत्याधुनिक विशेषताहरु छन्। सुरक्षा र सुविधामा विङगो ईभीमा कुनै सम्झौता गरिएको छैन। 

यो विद्युतीय ह्याचब्याक कारमा कटिङ एजे इन्फोटेनमेन्ट सिस्टम र इनह्यान्स्ड ब्याट्री इफिसियन्सी भएको यो विङगो पारिकारिक तथा व्यक्तिगत प्रयोजनका लागि उपयुक्त रहेको छ। उपोक्ताले रोजाइको विङगो ईभी तत्कालै डेलिभरी पाउने छन्। 

विलिङ विङगो ईभीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी ब्याट्रीमा दिइएको छ। त्यस्तै हाइ भोल्टेज कम्पोनेन्ट र मोटरमा ३ वर्ष वा १ लाख किलोमिटर वारेन्टी उपलब्ध गराइएको पारामाउन्ट मोटर्सले जनाएको छ। 

विङगो ईभीमा उपभोक्ताले ३ वर्षसम्म फ्री सर्भिस पाउने छन्। जीबीटी चार्जिङ सिस्टम रहेको विङगो ईभीले एक पटकको फुल चार्जमा ३ सय ३३ किलोमिटर रेन्ज दिनेछ। 

अक्टोबर ६ सम्म लागु हुने यो अफरमा उपभोक्ताले नक्सालमा रहेको विङगो ईभीको शोरुममा गएर टेस्ट ड्राइभसमेत गर्न सक्ने छन्। आफ्नो पुराना सवारीसँग विङगो ईभी साटेर लैजान ग्राहक मध्यबाट केहीले पाँच तारे होटलमा डिनरको अवसरसमेत पाउने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , असोज १७ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend