शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सडक दुर्घटना नियन्त्रण प्रयास : छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

बिहीबार , असोज १७ २०८१
सडक दुर्घटना नियन्त्रण प्रयास : छाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

नेपालगञ्ज- छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगञ्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ।

छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिका-४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उनले रिफ्लेक्टर लगाउन  सहज नभएको गुनासो गरे।

छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उनले बताए।

हालसम्म नगरक्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण संकलन नभएको जानकारी प्रमुख बमले दिए। रासस


प्रकाशित : बिहीबार , असोज १७ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend