शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री सुरु

बिहीबार , असोज १७ २०८१
नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री सुरु

हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रूपैयाँ कायम गरिएको छ।

काठमाडौं- नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ।

कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यवसायिक उत्पादन सुरु गरिएसँगै 'हुन्डाई नेपाल : मेड फर योर जरनी' क्याम्पेन पनि सुरु गरेको थियो। 

हालसम्म करिब २ सय ५० गाडी आफ्ना डिलरहरुमार्फत बिक्री गरिसकेको जनाएको छ। हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रूपैयाँ कायम गरिएको छ।

यद्यपि यसमा हाल चलिरहेको दसैँतिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।

हाल नेपालमा उपलब्ध भेन्यूका अरु भेरियन्टहरुको मूल्य भेन्यू एस १.२  को ४४ लाख ९६ हजार  र भेन्यू एसएक्स १.२ को मूल्य ५३ लाख ५६ हजार रूपैयाँ कायम गरिएको छ।

कम्पनीले 'मेड इन नेपाल हुन्डाई भेन्यू' मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ।


प्रकाशित : बिहीबार , असोज १७ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend