शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

images
बिहीबार , असोज १७ २०८१
images
images
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बिहीबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। बुधबार प्रतितोला ८ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला एकसय रूपैयाँले बढेको छ।

images
images
images

बुधबार प्रतितोला एक लाख ६० हजार ८ सय रूपैयाँ तोकिएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ६० हजार ९ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यो साता आइतबार ६ सय र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसयले घटेको थियो।

images

चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ पुगेको छ।

images

बुधबार प्रतितोला १० रूपैयाँले बढेको चाँदी प्रतितोला एक हजार ९ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , असोज १७ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend