शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

बुधबार, असोज १६ २०८१
एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर

व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ।

काठमाडौं- एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्व विशेष एक्साइड मेगा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरु साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने छ भने १ सय २० जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमार्फत क्यास ब्याक प्रदान गरिनेछ।

लक्की ड्रमार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टी मार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्ने कम्पनीले जनाएको छ। 

नजिकिँदै गरेको चाडपर्वलाई अझै विशेषरुपमा मनाउन तथा ग्राहकमा थप उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ।

व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ।


प्रकाशित : बुधबार, असोज १६ २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend