शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य पुन: उकालो, प्रतितोला ८ सयले बढ्यो

बुधबार, असोज १६ २०८१
सुनको मूल्य पुन: उकालो, प्रतितोला ८ सयले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला ८ सयले बढेको छ भने चाँदी पनि प्रतितोला १० रूपैयाँले महँगिएको छ।

काठमाडौं- अघिल्लो साताभर बढेर यो साता लगातार घटेको सुनको मूल्य बुधबार भने पुन: उकालो लागेको छ। 

बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ८ सय रूपैयाँ पुगेको छ।

यो साता आइतबार ६ सय र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसयले घटेको थियो।

मंगलबार सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ।

मंगलबार प्रतितोला एक हजार ९ सय २५ रूपैयाँ मूल्य तोकिएको चाँदी बुधबार प्रतितोला एक हजार ९ सय ३५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, असोज १६ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend