शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

मंगलबार, असोज १५ २०८१
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक

यसको अतिरिक्त ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भइ आकर्षक उपहारहरू जित्न सक्नेछन्।

काठमाडौं- डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत दुईसय एमबीपीएस र तीनसय एमबीपीएस का वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। यस अफरले ग्राहकहरूको लागि थप फाइदा प्रदान गर्दै १२ महिनाको प्याकेज लिँदा ३ महिना निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने अवसर रहेको कम्पनीले जनाएको छ।

यसको अतिरिक्त ग्राहकहरूले हरेक हप्ता लक्की ड्रमा सहभागी भइ आकर्षक उपहारहरू जित्न सक्नेछन्।

हप्तामा १२ भाग्यशाली विजेताहरूले डीएचआई होम अप्लायन्सका सामानहरू, आईटीएल ए60एस स्मारटफोन, मीभी डुओपड्स टी२० एयरबड्स, र डिसहोम फोरके स्ट्रिमरजस्ता उपहारहरू जित्न सक्नेछन्।

यति मात्र होइन बम्पर लक्की ड्रअन्तर्गत एक भाग्यशाली विजेताले डीएचआई होम अप्लायन्सको फ्रन्ट लोड वासिङ मेसिन जित्न सक्नेछन्। यसले गर्दा ग्राहकहरूका लागि यो अफर थप रोमाञ्चक बनेको डिसहोमले जनाएको छ।

डिसहोम ले आफ्ना ग्राहकहरूको लागि विभिन्न अन्य छुटहरू पनि उपलब्ध गराएको छ। डीएचआई होम अप्लायन्सका सामानहरूमा ४० प्रतिशतसम्मको छुट, मीभी डुओपड्समा ५४ प्रतिशतसम्मको छुट, र फायरबोल्ट स्मार्टवाचमा ७० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सकिन्छ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोम इन्टरनेटको ३ महिने वा सोभन्दा माथिको प्याकेज खरिद गर्नुपर्नेछ। नयाँ कनेक्सन लिँदा वा रिचार्ज गर्दा ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

डिसहोमले इन्टरनेट सेवामा गुणस्तर र सुविधा प्रदान गर्दै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले यी आकर्षक अफरहरू सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार आजै आफ्नो नजिकको डिसहोम डिलरसँग सम्पर्क गरेर वा कम्पनीको नम्बरमा फोन गरी यी अफरहरूको लाभ उठाउन सकिनेछ।

डिसहोमको यो खुशीको सेलिब्रेसन अफरले सबैलाई इन्टरनेट कनेक्सनसँगै उपहारहरूको अनुभूति गराउँदै खुशीयाली थप्ने कम्पनीको विश्वास रहेको छ।


प्रकाशित : मंगलबार, असोज १५ २०८११६:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend