शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला पाँचसयले घट्यो

मंगलबार, असोज १५ २०८१
सुनको मूल्यमा लगातार गिरावट, मंगलबार प्रतितोला पाँचसयले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- अघिल्लो साता लगातार उचाइतर्फ लागेको सुनको मूल्य यो साता भने लगातार घटिरहेको छ। आइतबार तोलामा ६ सय र सोमबार एकसय रूपैयाँले घटेको सुनको मूल्यमा मंगलबार प्रतितोला पाँचसय रूपैयाँले गिरावट आएको छ।

सोमबार प्रतितोला एक लाख ६० हजार पाँचसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ६० हजार रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि यो साता लगातार घटिरहेको छ।

आइतबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य सोमबार प्रतितोला पाँच रूपैयाँले घटेको थियो।

मंगलबार पनि प्रतितोला १५ रूपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend