शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सडक सञ्जाल सहजरुपमा सञ्चालन नहुन्जेल अधिकतम हवाई भाडा नलिने

images
सोमबार, असोज १४ २०८१
images
images
सडक सञ्जाल सहजरुपमा सञ्चालन नहुन्जेल अधिकतम हवाई भाडा नलिने

संघको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- वायु सेवा सञ्चालक संघले सडक सञ्जाल सहज रुपमा सञ्चालन नभएसम्म हवाई टिकटका लागि तोकिएको अधिकतम भाडा नलिने भएको छ। संघको आज बसेको बैठकले सडक सञ्जाल सहज नभएकाले सडक सुचारु नहुन्जेल अधिकतम मूल्यको टिकट बिक्री नगर्ने निर्णय गरेको हो।

images
images
images

‘यस विपद्को घडीलाई तथा सर्वसाधारणको हितलाई ध्यानमा राख्दै संघले भदौ १३ गते जारी गरेको ‘अपर फेयर’ माथिल्लो भाडादरको टिकट सडक सञ्जाल सञ्चालन नभएसम्म कायम राख्ने निर्णय गरेको छ’ संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

images
images

हवाई भाडा महँगो भएको नागरिकस्तरबाट गुनासो आएपछि संघको आइतबारको बैठकले सोमबार, मंगलबार र बुधबार सस्तो टिकट यात्रुलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

images
images
images

अध्यक्ष कार्कीले विपद्‌मा नागरिकको यात्रालाई सहज होस् भनेर सकेसम्म सस्तो दरमा हवाई टिकट बिक्री गरिरहेको दाबी गरे।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध हुँदा हवाइ उडानमा यात्रुको चाप बढेको छ।

आइतबार र सोमबार उडान चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, असोज १४ २०८११८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend