शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

ग्लोबल आईएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

सोमबार, असोज १४ २०८१
ग्लोबल आईएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन्।

उक्त छुटसम्बन्धी समझदारीमा बैंकका नायब महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

समझदारीअनुसार ग्लोबल आईएमई बैंकका डेबिट, क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन्। 

साथै, सम्पूर्ण आन्तरिक विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने बैंकले जनाएको छ।

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend