शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नबिलले नेपाल बंगलादेश बैंक प्राप्ति गर्ने सम्झाैता

images
बिहीबार , पुस २९ २०७८
images
नबिलले नेपाल बंगलादेश बैंक प्राप्ति गर्ने सम्झाैता
images
images

काठमाडौं- नबिल बैंकले र नेपाल बंगलादेश बैंक (एनबी) लाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेका छन्। सेयर आदानप्रदान अनुपात १०० कित्ता बराबर ४३ कित्ता हुने गरी सम्झाैता पत्रमा हस्ताक्षर भएको हो।

images
images
images

भिभान्ता होटलमा साँझ भएको सम्झौतामा नबिल बैंकको तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्र बहादुर थापाले हस्ताक्षर गरेका छन्। 

images
images

'नेपाल बैंगलादेश बैंकलाई प्राप्ति गर्ने यो सम्झौता ऐतिहासिक कोशेढुंगा हो। यो संस्थागत साझेदारीले सञ्जाल, ब्यालेन्ससिटको आकार, टिमका सवालमा यसले एउटा ठूलै फड्को मार्ने छ। फेरि पनि बैंकिङ क्षेत्रको लिडर बन्ने छ' नबिल बैंकका सीईओ अनिल शाहले बताए।

images
images

एनबी बैंक प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब हुनेछ।

गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब माथि हुनेछ। शाखा संजाल तत्कालै २३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाख माथि हुनेछ। नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र बिन्दुमा राखेर आफ्नो व्यवसायलाई अघि बढाएको छ भने डिजीटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै जाने नीति लिएको छ।

बिहीबार काठमाडौंमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो। 

यो पनि - नबिलले एनबी बैंक प्राप्ति गर्दा कुन सेयरधनीलाई के फाइदा? यस्ताे छ हिसाब किताब

 


प्रकाशित : बिहीबार , पुस २९ २०७८१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend