शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नबिलले एनबी बैंक प्राप्ति गर्दा कुन सेयरधनीलाई के फाइदा? यस्ताे छ हिसाब किताब

नबिलकाे काराेबार नराेकिने, एनबीकाे राेकिने

images
बिहीबार , पुस २९ २०७८
images
नबिलले एनबी बैंक प्राप्ति गर्दा कुन सेयरधनीलाई के फाइदा? यस्ताे छ हिसाब किताब
images
images

काठमाडौ‌ं- नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक प्राप्ति गर्न बिहीबार साँझ सम्झौता भएको छ। सेयर आदानप्रदान अनुपात १०० कित्ता बराबर ४३ कित्ता हुने गरी सम्झाैता पत्रमा हस्ताक्षर भएको हो।

images
images
images

नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन्।

images
images

बिहीबार दिउँसो दुबै बैंकको सञ्चालक समितिले सेयर आदानप्रदान अनुपात टुङ्ग्याएको थियो। यसअघि संयुक्त मर्जर समितिले तय गरेको अनुपातलाई नै अनुमोदन गर्दै मर्जरको सम्झौता भएको हो।

images
images

एनबी बैंकको १०० कित्ता सेयर नबिलमा ४३ कित्ता हुने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम हुने गरी सहमति बुधबार नै नेपाल राष्ट्र बैंकलाई जानकारी गराइसकिएको थियो।

प्राप्तिको सम्झौता भएसँगै नबिल बैंकको कारोबार रोकिने छैन भने एनबीको भने कारोबार रोकिन्छ। सम्झौता भएको दिनमा एनबी बैंकका सेयरधनीलाई भने फाइदा भएको छ।

कारोबार सुरु हुँदा नबिल बैंकको अन्तिम दिन भएको कारोबार रकबाट सुरु हुन्छ। सोही हिसाबमा एनएमबी बैंकका सेयरधनीलाई तत्काल कारोबार बन्द भए पनि प्रतिसय कित्तामा ७ हजार ८ सय ३० रुपैयाँ फाइदा हुन्छ। तर सेयर भने १ सय कित्ताबाट झरेर ४३ कित्तामा आउँछ। 

एनबी बैंक प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुनेछ।

गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्बमाथि हुनेछ। शाखा सञ्जाल तत्कालै २३५ पुग्नेछन्। ग्राहक संख्या १६ लाखमाथि हुनेछ। नबिल बैंकले दिगो बैकिङ्ग लाईसमेत केन्द्र बिन्दुमा राखेर आफ्नो व्यावसायलाई अघि बढाएको जनाएको छ भने डिजिटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउँदै लैजाने नीति लिएको छ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको थियो।

यसरी हुन्छ नाफा

दुबै बैंक मर्जरको सम्झौतामा  हस्ताक्षर भएको दिन अर्थात पुस २९ गते नेपाल बंगलादेशको प्रतिसेयर मूल्य ३ सय ९९ सय रुपैयाँ रहेको छ। नबिल बैंकको प्रतिसेयर मूल्ये १ हजार १ सय १० रुपैयाँ रहेको छ। 

सोही हिसाबमा आजको दिनमा हिसाब गर्दा नबिल बैंकको १ सय कित्ता सेयरको भ्यालु १ लाख ११ हजार रुपैयाँ हुन्छ। बंगलादेशको बैंकको सय कित्ताको मूल्य भने पुस २९ गतेकै भ्यालुमा ३९ हजार ९ सय रुपैयाँ हुन्छ।

मर्जर भएपछि बंगलदेशका १ सय कित्ता सेयर हुनेको सेयर ४३ कित्ता मात्रै हुने छ। कारोबार सुरु भएको दिन नबिल बैंकको १ हजार १ सय १० रुपैयाँबाट कारोबार सुरु हुन्छ।

यसरी हेर्दा बंगलादेशको ४३ कित्ता सेयरको भ्यालु  ४७ हजार ७ सय ३० रुपैयाँ हुन्छ। सम्रगमा १ सय कित्ता हुँदा ३९ हजार ९ सय भए पनि नबिलमा गाभिएपछिको कारोबार हुँदा ४३ कित्ताको भ्यालु ४७ हजार ७ सय ३० रुपैयाँ हुन्छ। सम्रगमा १ सय कित्ता बंगलादेशमा सेयर भएकाहरूले ७ हजार ८ सय ३० रुपैयाँ बढी पाउँछन्।


प्रकाशित : बिहीबार , पुस २९ २०७८१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend