शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न

images
सोमबार, असोज १४ २०८१
images
images
नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ सम्पन्न
images
images

काठमाडौं- नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रबद्र्धनमा टेवा दिने उदेश्यका साथ असोज १० र ११ गते काठमाडौंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२४ सम्पन्न भएको छ।

images
images
images

दुई दिनसम्म चलेको यस कन्क्लेभले आथित्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी नीतिनिर्माता, नियामक, संचालक एवं लगानीकर्ता, बिज्ञ लगायत पर्यटन मन्त्रालयका साथसाथै नेपाल पर्यटन बोर्डजस्तो सराकारवालाई निकायको लागि प्रदान गरेको साझा मञ्चमा सहभागीहरुले हस्पिटालिटी क्षेत्रको बर्तमान चुनौती, अवसर र रणनीतिहरुमाथि घनिभुत छलफल गरेका थिए। 

यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरीने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको बृत्तिविकासमा योगदान गर्ने आयोजकहरुले विश्वास लिएका छन्।  

images

बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो।

images

नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र  २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उदेश्यका साथ यस क्षेत्रको नवप्रबर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ्ग, नयाँ गन्तब्यको विकास र प्रबद्र्धन, दिगो पर्यटन, लगानी, नितीगत सुधार तथा अन्तरउद्योग साझेदारी लगायत यस क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमाथि रहेर करिब १० वटा सामूहिक छफछल एवं अन्तरक्रिया चलाएको थियो। 

कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीहरुको सहायता रहेको थियो।

कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा नीजि क्षेत्रका ब्यवसायहरु लगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढिकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन्। 

'नेपाली पर्यटनभित्रको सेवा तथा उत्पादनलाई बृद्धि गरी यस राष्ट्रलाई प्रमुख गन्तब्यको रुपमा विश्वब्यापीरुपमा चिनाउँदै नेपालको अर्थतन्त्रलाई बृद्धि गराउनु हाम्रो साझा लक्ष्य रहेको छ,' उनले बताइन्। 

बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरुसँग सहकार्य गरी यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरब महसुस भएको होटल एसोसियन नेपालका अध्यक्ष बिनायक शाहले बताए।  

कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सहसंस्थापक सुबोध थापाले बार्षिकरुपमा आयोजना गरीने यस कन्क्लेभले आउँदा दिनहरुमा पनि यस क्षेत्रको विकास तथा बृद्धिको लागि आवश्यक विषय र मुद्धाहरुको उठान गर्दै सोको समाधानको लागि नेपाल सरकार सरोकारवाला निकायहरुसमक्ष पैरबी गरीरहने जानकारी दिए। 


प्रकाशित : सोमबार, असोज १४ २०८११४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend