आइतबार, भदौ २३ गते २०८१    
images
images

पाँच महिनामा विदेशी पर्यटकबाट ७ अर्ब आम्दानी, घुमफिरका लागि नेपालीले खर्चिए १० अर्ब 

images
शुक्रबार, पुस ३० २०७८
images
images
पाँच महिनामा विदेशी पर्यटकबाट ७ अर्ब आम्दानी, घुमफिरका लागि नेपालीले खर्चिए १० अर्ब 

यसको असर पर्यटन आगमन तथा आम्दानीमा पर्नेछ। 

images
images

काठमाडौं- कोरोना महामारीको प्रभावपछि पर्यटनले गति लिन थालेपछि विदेशी पर्यटनले लय समात्न लागेको छ। पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ। 

images
images
images

पर्यटक आगमनसँगै आम्दानी पनि बढ्दै गएको छ। यद्यपि पछिल्लो समय बढेको कोरोनाको ओमिक्रोन भेरियन्टले पर्यटनको वेगमा ब्रेक लगाउने देखिएको छ। भाइरस संक्रमण बढ्दै गएपछि सरकारले विदेशीलाई आगमनमा कडाइ गरेको छ। 

यसको असर पर्यटन आगमन तथा आम्दानीमा पर्नेछ। 

चालु वर्षको पहिलो पाँच महिनामा नेपालले पर्यटकबाट ७ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ। यो कोरोना अघिको तुलनामा जम्मा २२ प्रतिशत हो। आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा नेपालले पर्यटकबाट ३५ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

images

विदेशी पर्यटकबाट हुने आम्दानीमा सुधार हुन नसके पनि नेपालीहरुले घुमफिरका लागि विदेशमा गर्ने खर्चको अनुपातमा भने वृद्धि भएको छ। नेपालीहरुले घुमफिरका लागि भन्दै यो वर्षको पाँच महिनामा १० अर्ब रुपैयाँ खर्चिएका छन्। कोरोना अघिको खर्चको ५० प्रतिशत  हो। 

विदेशी पर्यटकबाट हुने आम्दानी अझै सुस्त हुने देखिन्छ। नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेपनि नेपालीले घुमफिरका लागि विदेशमा गर्ने खर्चको वृद्धिदर भने बढी रहेको छ। 


प्रकाशित : शुक्रबार, पुस ३० २०७८०२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend