शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाढीले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी बैंकको सम्मान

सोमबार, असोज १४ २०८१
बाढीले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी बैंकको सम्मान

यस्ता कार्यले विपतको समयमा नागरिकस्तरबाट सुरक्षितरुपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकको छ।

काठमाडौं- ललितपुर महानगरपालिका-१३ नख्खुखोलामा बाढीले बगाएका दुईजनाको सकुशल उद्धार गरेका काभ्रेका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ। 

असोज १२ मा आएको बाढीले बगाएका दुईजनाको उद्धार गर्ने तामाङलाई बैंकले आइतबार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एक लाख नगदसहित सम्मान गरेको हो।

चणिकलालले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट तथा तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई सम्मान गरिएको बैंकको भनाइ छ।

यस्ता कार्यले विपतको समयमा नागरिकस्तरबाट सुरक्षितरुपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ।

बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, असोज १४ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend