शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

बाढीले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी बैंकको सम्मान

images
सोमबार, असोज १४ २०८१
images
images
बाढीले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी बैंकको सम्मान

यस्ता कार्यले विपतको समयमा नागरिकस्तरबाट सुरक्षितरुपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकको छ।

images
images

काठमाडौं- ललितपुर महानगरपालिका-१३ नख्खुखोलामा बाढीले बगाएका दुईजनाको सकुशल उद्धार गरेका काभ्रेका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ। 

images
images
images

असोज १२ मा आएको बाढीले बगाएका दुईजनाको उद्धार गर्ने तामाङलाई बैंकले आइतबार कार्यालयमा आयोजित एक कार्यक्रमका बीच एक लाख नगदसहित सम्मान गरेको हो।

चणिकलालले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट तथा तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङलाई सम्मान गरिएको बैंकको भनाइ छ।

images

यस्ता कार्यले विपतको समयमा नागरिकस्तरबाट सुरक्षितरुपमा उद्धार कार्यमा सहभागिता जनाउनसमेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ।

images

बैंकले देशभर रहेका आफ्ना १ सय ३ शाखा कार्यालयमार्फत करिब ८ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।


प्रकाशित : सोमबार, असोज १४ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend