शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार, असोज १४ २०८१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलामा ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एकसय रूपैयाँले घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँचसय रूपैयाँ तोकिएको छ।

आइतबार सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आइतबारको तुलनामा सोमबार प्रतितोला पाँच रूपैयाँले घटेको छ। 

आइतबार प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : सोमबार, असोज १४ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend