शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बजाज पल्सर एनएस ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १४ २०८१
बजाज पल्सर एनएस ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी सुरु

काठमाडौं- नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० जेडको डेलिभरी भृकुटीमण्डपबाट सुरु गरेको छ। नाडा अटो शोमा एनएस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुवात गरिएको कम्पनीले जनाएको छ। 

अहिलेसम्मकै ठूलो पल्सर एनएस् ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउनेछ, जसले नेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्नेछ।

बजाज पल्सर एनएस ४०० जेडलाई ३७३ सीसीको सिगंल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ। यो ६-स्पीड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड-बाइ-वायर प्रविधि पनि समावेश गरिएको छ।

ग्रान्ड कार्निभल द बिगेस्ट एक्सचेन्ज क्याम्प भृकुटीमण्डपमा आयोजित पल्सर एनएस ४०० जेडको डेलिभरी समारोहका क्रममा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर एनएस ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण कम्पनीले दसैँ र तिहारको बीचमा माग पूरा गर्ने उनको भनाइ छ। 

फिचरको कुरा गर्दा पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफ-रोड गरी चारवटा राइडिङ मोडहरु छन्। साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल-च्यानल एबिएस् रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ। 

यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ। टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ।

मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा एनएस ४०० जेडमा चिजल्ड फ्यलु ट्यांक, शार्प ट्यांक एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७-इन्च अलोय व्हील्स रहेका छन। यस मोटरसाइकलको इन्धन ट्यांक क्षमता १२ लिटर छ र सीटको उचाइ ८ सय ७ एमएम रहेको छ। जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्दछ।

अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर बजाज पल्सर एनएस ४०० जेडको मूल्य नेपालमा ५ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, असोज १४ २०८११०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend