मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी

images
सोमबार, असोज १४ २०८१
images
images
पोखरामा सार्वजनिक भयो प्रिमियम र स्मार्ट ईभी नामी

यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ।

images
images

पोखरा- नेपालका लागि डोङफेङ ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले पोखरामा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ। 

images
images
images

पोखरा इभेन्ट सेन्टरमा आइतबार आयोजना गरिएको कार्यक्रममा हाइड्रो पावर व्यवसायी संघका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्द मोहन भट्टराई, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष गोकर्ण कार्की, एमएडब्लू वृद्धिका बिजनेस हेड प्रशन्न पन्त तथा नामी पोखरा भट्टराई एन्ड ब्रदर्सका संस्थापक अम्बिका भट्टराईले संयुक्त रुपमा नामी ईभी सार्वजनिक गरेका हुन्। 

images
images

सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी ईभीले पोखराको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने छ। ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ। प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन्। एक महिनाअघि काठमाडौंमा सार्वजनिक भएको नामी ईभी नाडा अटो सोमा ७ सय १७ वटा बुकिङ भएको थियो। 

images
images
images

कार्यक्रममा नामी पोखराका संस्थापक अम्बिकाले पोखरामा स्मार्ट र इन्टेलिजेन्ट ईभी नामीको बिक्रीका साथै बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताए। 

कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्ण आचार्यले ईभी कम्पनीहरु एफ्टर सेल्स सर्भिस र चार्जिङ स्टेसनलाई विशेष ध्यान दिनुपर्ने बताए। साथै उनले पोखराको लेकसाइड क्षेत्रमा फोसिल्स फ्युलका गाडीलाई प्रवेश निषेध गरेर ईभीबारे देशभर सन्देश फैलाउन सकिने बताए। 

त्यसैगरी एमएडब्लू वृद्धिका बिजनेस हेड प्रशन्न पन्तले गाडी किन्ने निर्णय गर्नुअघि त्यो ब्रान्डको लेगेसीबारे जान्नुपर्ने र नेपालमा त्यसलाई कसले भित्र्याइरहेको छ भन्नेमा ध्यान दिनुपर्ने उल्लेख गरे। 

सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ। यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ। यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग  टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ। 

साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ। 

यो फ्युचरिस्टिक ह्याचब्याक ईभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ। 

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन्। यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ। 

एमएडब्लू वृद्धिले सोमबार पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्दैछ जहाँ ग्राहकले  दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन्। जसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।  साथै नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिने र नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन्।  

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ। यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सक्ने छ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend