शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भरतपुरको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आइतबार, असोज १३ २०८१
भरतपुरको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

सम्झौताअनुसार उक्त कलेजमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिँदा विशेष छुट पाउनेछन्।

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका-१० स्थित कलेज अफ मेडिकल साइन्सको सेवासुविधामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट दिनेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट डा.मनोहर प्रधान ले समझौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौताअनुसार उक्त कलेजमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिँदा विशेष छुट पाउनेछन्।

सीओएमएसमा उपचार गर्दा औषधि, सीटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ।

बैंकका ग्राहक तथा कर्मचारीहरुले छुट सुविधाका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ। यो सुविधा प्राप्त गर्नको लागि ग्राहक तथा कर्मचारीहरुले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३ सय १५ शाखा कार्यलयहरु, २ सय ८६ एटीएमका साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend