शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

अवरुद्ध सेवा पुनर्स्थापनाको प्रयास जारी छ : टेलिकम

आइतबार, असोज १३ २०८१
अवरुद्ध सेवा पुनर्स्थापनाको प्रयास जारी छ : टेलिकम

टेलिकमका अनुसार ठाउँ-ठाउँमा प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको छ।

काठमाडौं- नेपाल टेलिकमले अविरल वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानले पूर्वाधारमा क्षति पुग्दा अवरुद्ध भएको सेवा सुचारुको प्रयास भइरहेको जनाएको छ।

देशभरका विभिन्न स्थानहरुमा बाढीपहिरो तथा डुबानले विद्युत आपूर्तिमा रोकावट भइ टेलिकमका बीटीएस टावरहरु बन्द हुन पुगेको तथा कतिपय स्थानका ट्रान्समिसन लिंकहरुसमेत अवरुद्ध भएको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार ठाउँ-ठाउँमा प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको छ।

धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको टेलिकमको भनाइ छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend