शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टाटाका सम्पूर्ण बसहरूका लागि गोंगबु बसपार्कमा निःशुल्क जाँचको सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १३ २०८१
टाटाका सम्पूर्ण बसहरूका लागि गोंगबु बसपार्कमा निःशुल्क जाँचको सुविधा

गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।

काठमाडौं- नेपालीहरुको चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ। सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भइ सुरक्षित यात्रा गर्न सकिन्छ।

त्यसैले सुरक्षित यात्राको कामनासहित चाडबाडको बेला ढुक्कसँग यातायात व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस भन्ने उदेश्यले सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरुका लागि गोंगबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प सञ्चालन गरेको छ।

गोंगबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरुको बम्पर टू बम्पर चेकअप गरेर गाडीको कन्डिसनको जानकारी प्रदान गरि सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ।

चाडवाडको बेला हाइवेमा अचानक आइ पर्न सक्ने समस्याहरुको समाधानको लागि पनि २४ घण्टा सतै दिन सिप्रदीको टोल फ्री सेवामार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स् सेवाको साथमा सम्पूर्ण सर्भिस सेन्टरहरु पनि खुल्ला राखि सर्भिस तथा मर्मत सम्भार सम्बन्धि पूर्णसेवा उपलब्ध गराउने व्यवस्था कम्पनीले गरेको छ। 

यसका साथै असोज २२ गतेसम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा टाटा कमर्सियल गाडीहरुको लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरेको छ। त्यस अवधिमा टाटा जेन्यूइन पार्ट्स, ल्यूब्रिकेन्टस् तथा लेवर चार्जहरुमा १५ देखि ५० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ।

यस अवधिमा देशभरि बाट ५ हजारभन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य कम्पनीले लिएको छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend