शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सानिमा बैंकको दराजसँग दशैँ धमाका योजनाका लागि सहकार्य

आइतबार, असोज १३ २०८१
सानिमा बैंकको दराजसँग दशैँ धमाका योजनाका लागि सहकार्य

असोज ११ देखि सुरु भएको यो योजना २१ गतेसम्म ११ दिनका लागि लागु हुनेछ।

काठमाडौं- सानिमा बैंकले ग्राहकहरुका लागि बडादशैँको अवसरमा 'दराजसँग दशैँ धमाका' योजनामा विशेष छुट दिनेगरी सहकार्य गरेको छ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार पाँचसय रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बताइएको छ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

असोज ११ देखि सुरु भएको यो योजना २१ गतेसम्म ११ दिनका लागि लागु हुनेछ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्। 


प्रकाशित : आइतबार, असोज १३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend