शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

बाढीपहिरो प्रभावित क्षेत्रमा एनसेलको नि:शुल्क डेटा

images
आइतबार, असोज १३ २०८१
images
images
बाढीपहिरो प्रभावित क्षेत्रमा एनसेलको नि:शुल्क डेटा

एनसेलले शनिबार बिहानदेखि नै बाढी प्रभावित क्षेत्रका ग्राहकलाई नि:शुल्क डेटा उपलब्ध गराइसकेको जनाएको छ।

images
images

काठमाडौं- एनसेलले अहिलेको बाढीपहिरोजन्य प्राकृतिक विपत्तिको समयमा ग्राहकलाई आफ्ना आफन्त र परिवारको सम्पर्कमा रहिरहनका लागि बाढी प्रभावित क्षेत्रमा नि:शुल्क डेटा उपलब्ध गराएको छ।

images
images
images

एनसेलले शनिबार बिहानदेखि नै बाढी प्रभावित क्षेत्रका ग्राहकलाई नि:शुल्क डेटा उपलब्ध गराइसकेको जनाएको छ।

यस पहलले आफ्ना ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुग्ने एनसेलको विश्वास छ।

images

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

images

'विपद्को समयमा हामी एनसेल तपाईँको साथमा छौँ र आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ', एनसेलको भनाइ छ।


प्रकाशित : आइतबार, असोज १३ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend