शनिबार, पुस ६ गते २०८१    
images
images

निगमको एउटा वाइडबडी दसैँमा पनि इटालीकै कारखानामा

images
सोमबार, असोज १४ २०८१
images
images
निगमको एउटा वाइडबडी दसैँमा पनि इटालीकै कारखानामा

जहाज सी-चेकका लागि काम गरिरहेको इटालियन कम्पनीले समेत जहाज मर्मतमा कुनै चासो दिएको छैन। जसका कारण निगमको दुई वटामध्ये एउटामात्रै वाइडबडी उडानमा रहने भएको छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण यात्रुको चापाचाप हुने समयमा पनि एउटा वाइडबडी इटालीकै कारखानामा थन्किने निश्चित भएको छ।

images
images
images

कलसाइन नाइन एएलजेट 'मकालु' वाइडबडी समयमा नै सी-चेक नहुँदा इटालीकै कारखानामा थन्किने भएको छ। जहाज सी-चेकका लागि २८ जुलाईमा इटाली लगिएको थियो। 

images

३० दिनम हुनुपर्ने सी-चेक दुई महिना हुँदा पनि भएको छैन। निगमका एक कर्मचारीका अनुसार जहाज दसैँअगाडि नेपाल आउने छैन। जहाज सी-चेकका लागि आवश्यक पार्टपुर्जासमेत खरिद हुन सकेको छैन।

images

इटालीमा सी-चेकका लागि पठाइएको जहाजका केही पार्टपुर्जासमेत झिकेर अहिले उडानमा रहेको जहाजमा प्रयोग भएको छ। तर निगम कार्यकारी अध्यक्ष अधिकारी र सम्बन्धित विभागका कर्मचारीले कुनै चासो दिएका छैनन्। 

जहाज समयमा नै उडानमा नफर्कंदा निगमको दसैँको व्यापारमा समेत ठूलो असर पर्ने निश्चित भएको छ। जहाज सी-चेकका लागि काम गरिरहेको इटालियन कम्पनीले समेत जहाज मर्मतमा कुनै चासो दिएको छैन। जसका कारण निगमको दुई वटामध्ये एउटामात्रै वाइडबडी उडानमा रहने भएको छ। अर्को वाइडबडी भने कारखानामा नै थन्किने भएको हो। 

यसका कारण निगमको दैनिक १ करोड ५० लाख रुपैयाँ आम्दानी गुमिरहेको छ। दसैँको सिजनमा भने एउटा वाइडबडीको आम्दानी २ करोड रुपैयाँसम्म हुने थियो।

तर व्यवस्थापनकै चरम लापरबाहीका कारण निगमले ठूलो आम्दानी गुमाउने निश्चित भएको हो। जहाज सी-चेकमा काम नै भएको छैन तर ११ अक्टोबरमा जहाज आउने भन्दै निगम कार्यकारी अध्यक्ष अधिकारीले भ्रम फैलाइरहेका छन्। 

दसैँमा एउटामात्रै टि्वनअटर उडानमा 

यसैगरी निगमले आन्तरिक उडानमा २ वटा टि्वनअटर प्रयोग गर्दै आएपनि अहिले एउटा मात्रै टि्वनअटर उडानमा छ। एउटा टि्वनअटर जेठ २३ गतेदेखि इन्जिनको समस्याका कारण ग्राउन्डेड छ।

उडानमा रहेको एउटा टि्वनअटरको पनि अब जम्मा १८० घण्टामात्रै उडान आवर बाँकी छ। उडानमा रहेको टि्वनअटर पनि दसैँसम्म घण्टा सेभ गरेर उडान गराउने रणनीतिमा निगम छ। इन्जिन सट्टापट्टाका लागि भएको टेन्डर प्रक्रिया नै कानूनविपरीत रहेको भन्दै कर्मचारीले मूल्‍यांकनमा लैजान चाहेका छैनन्।

जसका कारण दसैँलगत्तै निगमको आन्तरिक उडान पूर्णरुपमा ठप्प हुने छ। अहिले ग्राउन्डेड टि्वनअटरको दुईवटै इन्जिन परिर्वतन गर्नुपर्ने छ भने उडानमा रहेको टि्वनअटर पनि त्यही अवस्थामा जाने छ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend