शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारणसभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भइ सञ्चालनमा रहेको धितोपत्रसम्बन्धी कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। 

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति/पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ। 

साथै कम्पनीको नाम जेबिएनएल सेक्यूरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुनेगरी ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत गरिएको छ।

सभामा कम्पनीको एकमात्र सेयरधनी ग्लोबल आईएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि बिश्व सुवेदी, कम्पनी रजिष्ट्रारका प्रतिनिधि, कम्पनिका संचालकहरु, प्रबन्ध निर्देशक, सेवाग्राही, कर्मचारीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित : शुक्रबार, असोज ११ २०८११५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend