शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं- सर्वोत्तम सिमेन्टले मिति २०८१ असोज ५ गतेका दिन झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ९ मा अवस्थित आफ्नो सर्वोत्तम ईष्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

'सुखद जीवनका लागि हौँ निरोगी' भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् र कम्पनीले निःशुल्क औषधी समेत वितरण गरेको छ।

उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए।

साथै उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थित रहेका थिए।

आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो। साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध रहेको जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज ११ २०८११२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend