शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भयो सुन

शुक्रबार, असोज ११ २०८१
तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भयो सुन

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासंघले चाँदीमा प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ मूल्य निर्धारण भएको जनाएको छ।

काठमाडौं- लगातार उकालो लागेको सुनको मूल्य आज शुक्रबार पनि वृद्धि भएको छ। तोलामा पाँच सय रुपैयाँले वृद्धि हुँदा सुन नेपाली बजारमा हालसम्मकै महँगो भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबारका लागि १ लाख ६१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। महासंघले चाँदीमा प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ मूल्य निर्धारण भएको जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज ११ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend